Logo

दरबन्दी छ, स्वास्थ्यकर्मी छैनन्



गुल्मी, फागुन १८ । जिल्ला कारागार गुल्मीमा सिनियर अहेब दरबन्दी भए पनि दुई वर्षदेखि सो दरबन्दीमा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ ।

लामो समयदेखि स्वास्थ्यकर्मीका रूपमा कार्यरत प्रकाशचन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयमा काजमा रहँदा कैदीबन्दीका स्वास्थ्य समस्यासँगै कारागारसमेत संकटमा परेको छ ।

घिमिरे २०७७ जेठदेखि स्वास्थ्य मन्त्रालयमा छन् । जसले गर्दा कारागारका कैदीबन्दीलाई समस्या भएको हो ।

कारागारका सूचना अधिकारी सीता भण्डारीका अनुसार सुरक्षकर्मीको सहयोगमा कैदीलाई अस्पतालसम्म लैजाने र ल्याउने गरिन्छ । यससम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले काजमा रहेका स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने र नआए करारमा भए पनि स्वास्थ्यकर्मी नियुक्त गर्ने प्रतिक्रिया दिए । आजको राजधानी दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्