काठमाडौं, फागुन १८ । राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा आठ दलीय गठबन्धनले सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।
नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेललाई समर्थन गरेका सांसदहरुलाई प्रशिक्षण दिने भएको हो ।
आठ वटै दलका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरु प्रशिक्षणमा सहभागी हुने छन् । काठमाडौंको तीनकुनेस्थित रोयल व्यांक्वेटमा बिहीबार दिउँसो १ बजेदेखि अभिमुखीकरण कार्यक्रम हुनेछ ।
पार्टीका शीर्ष नेताहरुले सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।