काठमाडौं, फागुन २० । बोधिसत्व इन एक्सन (बीआईए) फाउन्डेसनको आयोजनामा शनिबार काठमाडौँमा ह्वीलचियर म्याराथन सम्पन्न भएको छ।
राजधानीको भृकुटीमण्डपबाट सुरु भएको ‘ह्वीलचियर म्याराथन’ टुँडिखेल, घण्टारघर, पुतलीसडक हुँदै पुनः भृकुटीमण्डपमा आइपुगेको हो। अन्तर्राष्ट्रिय ह्वीलचेयर दिवसको अवसरमा चौथो बिआईए ह्वीलचेयर म्याराथन २०२३ आयोजना गरिएको हो । ह्वीलचियर म्याराथनमा करिब १३० जना शारिरिक अपाङ्गता भएका व्यक्तिहरुले सहभागिता जनाएका थिए ।
फोटोः मुुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल