Logo

सत्ता साझेदार आठ दलको बैठक बस्दै, मन्त्रालय भागवण्डाबारे टुङ्गो लगाउने तयारी



काठमाडौं, फागुन २१ । सरकार विस्तार र मन्त्रालय भागवण्डाबारे छलफल गर्न आठ दल सम्मेलित सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बठैक बस्न लागेको हो ।

अपराह्न चार बजे बस्ने आजको बैठकमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका शिर्ष नेताहरु सहभागी हुँदैछन् ।

सरकार गठन भएको २ महिना नपुग्दै गठबन्धन हेरफेर भएपछि पछिल्लो समय सत्ता गठबन्धनमा रहेका दलहरूबीच भागवण्डाको रस्साकस्सी सुरु भएको छ । दलिय भागवण्डाको किचलोलाई पार लगाउने तयारी अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पूर्णताका लागि छलफलमा जुटेका हुन् ।

१८ फागुनमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को पूर्णताको विषयमा छलफल हुने बताएका थिए । २५ फागुनको राष्ट्रपति चुनावअघि नयाँ मन्त्रीहरू थप नगर्ने सत्ता गठबन्धका दलहरूबीच अनौपचारिक सहमति भएको छ ।

मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव कुर्ने भए पनि चुनावअघि नै दलगत भागवण्डा भने टुंगो लगाउने तयारी रहेको बुभिएको छ ।

बजेटको तयारी गर्नुपर्ने भएकाले प्रधानमन्त्री प्रचण्ड पनि मन्त्रिपरिषद् विस्तारका लागि दबाबमा रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot