Logo

प्रचण्ड विरुद्धको रिट दर्ता गर्न सर्वोच्च पुगे अधिवक्ता आरन र बुढाथोकी 



काठमाडौं, फागुन २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिट दर्ता गर्न अधिवक्ता ज्ञानेन्द्र आरन र कल्याण बुढाथोकी सर्वोच्च अदालत पुगेका छन् ।

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन माग गर्दै रिट दर्ता गर्न उनीहरु सर्वाेच्व पुगेका हुन् ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलाशले रिट दर्ता गर्न आदेश दिएको थियो। ​ ०७६ माघ १ गते प्रचण्डले सार्वजनिक कार्यक्रममा द्वन्द्वकालमा मारिएका ५ हजार जनाको आफूले जिम्मा लिनेबारे दिएको अभिव्यक्तिको आधारमा रिट दर्ता गरिन लागेको हो ।

यता, आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी आन्दोलनका (पुर्व माओवादी) राजनीतिक दलहरूको बैठकले शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने लगायत तीनबुँदे निर्णय सार्वजनिक गरेको छ ।

सङ्क्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त बैठकले शान्ति प्रक्रियासँग जोडिएका विषयहरू विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुनुपर्नेमा जोड दिएको छ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत अगाडि बढाइनुपर्ने आजको बैठकले निर्णय गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot