Logo

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपतिबारे निर्णय गर्ने



काठमाडौं, फागुन २४। राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।

आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ।

भोली बिहीबार हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन्।



प्रतिक्रिया दिनुहोस्