Logo

पौडेललाई बधाई दिँदै बास्कोटाले भने– ‘सभामुख हुँदाको जस्तो पुर्वाग्रही ब्यबहार नहोस्’



काठमाडौं, २५ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभाका सांसद गोकुल बास्कोटाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएसँगै पौडेललाई बधाई दिँदै बास्कोटाले सभामुख हुँदाको जस्तो पूर्वाग्रही व्यवहार कसैप्रति पनि नगर्न सुझाव पनि दिएका छन् ।

‘नेपालको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलज्युलाई हार्दिक बधाई ! सभामुख हुंदाको जस्तो पुर्वाग्रही ब्यबहार कसैप्रति नहोस र सडक जाम त आजैबाट अन्त भैहाल्छ !’– सामाजिक सञ्जालमा उनले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot