Logo

एमालेले भन्यो उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बनाउन मिल्दैन



काठमाडौं, २७ फागुन । नेकपा (एमाले) ले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने बताएको छ । आज (शनिबार) बसको एमाले सचिवालय बैठकले एक विज्ञप्ति सार्वजनिक गर्दै उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बने संविधानको मर्मविपरीत हुने ठहर गरेको हो ।

‘राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या भइरहेको प्रति पार्टी गम्भीर रहेको छ । त्यस खालको व्याख्या संविधानको मर्मविपरीत हुने पार्टीको ठहर रहेको छ । बैठकमा राष्ट्रपति निर्वाचनको परिणामका बारेमा समीक्षासमेत गरिएको छ,’– विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot