Logo

सर्वोच्च अदालत क्षेत्राधिकारबाट बाहिर जान खोजेको पूर्वमाओवादी नेता साहको आरोप



काठमाडौं, २८ फागुन । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले सर्वोच्च अदालत आफ्नो क्षेत्राधिकार बाहिर जान खोजेको आरोप लगाएका छन् । पूर्वमाओवादी नेतासमेत रहेका साहले आज काठमाडौंमा माओवादी घटकहरुको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संक्रमणकालीन न्याय सम्बन्धित विषय अदालतको काम कारबाहीभित्र नपर्ने बताएका हुन् ।

‘वृहत शान्ति सम्झौता राज्यले पालना गर्नुपर्ने, राज्यले पुरा गर्नुपर्ने एउटा महत्वपूर्ण कार्य हो । वृहत शान्ति सम्झौतालाई पुरा गर्ने दायित्व राज्यको हो । राज्यकै एउटा महत्वपूर्ण अंक सर्वोच्च अदालतको दायित्व शान्ति सम्झौता पुरा गर्ने हो कि होइन ? यो शान्ति सम्झौता नेपाली जनताको ऐतिहासिक उपलब्धी हो । सर्वोच्च अदालतले आदेशलाई हामीले हेरिरहेका छौं । यसले नेपाली जनतालाई चिन्तित् बनाएको छ,’– साहले भने ।

यसलाई सुधार्न आवश्यक रहेको उनको भनाई छ । सर्वोच्च अदालत राज्यको दायित्वबाट विचलित हुन नहुने उनले बताए । सर्वोच्चले राज्यको दायित्वलाई अक्षरश पुरा गर्नु पर्ने उनले बताए । ‘हामी सबैलाई थाहा छ , संविधान र कानुनमा संक्रमणकालीन न्याय सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंग्याउने कुरा उल्लेख गरिएको छ । यो भन्दा बाहिर कसरी सर्वोच्च अदालतमा जानसक्छ ?’ उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot