Logo

शितलनिवास छाडेकी निवर्तमान राष्ट्रपति भण्डारी आजबाट छोरी उषाकिरणको भाडाको घरमा बस्ने (फोटोफिचर)



काठमाडौं, २९ फागुन । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बालुवाटारस्थित आफ्नी छोरी उषाकिरण भण्डारीको भाडाको घरमा बस्ने भएकी छिन् । बुढानीलकण्ठस्थित आफ्नो घर फिनिसिङ हुन समय लाग्ने भएकोले उनी केही समय छोरीको उक्त घरमा बस्ने भएकी हुन् ।

घरमा प्रवेश गर्नुअघि भण्डारीले पूजाआजा गर्नुका साथै छोरीको हातबाट सगुन खाएकी थिइन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेसँग भण्डारीले शीतलनिवास छाडेकी हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot