Logo

सरकारले मलमा अनुदान कटौती गरेकोप्रति भीम रावलको आक्रोश



काठमाडौं, ३० फागुन । नेकपा (एमाले) का नेता भीम रावलले सरकारले किसानहरुलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको प्रति आपत्ति जनाएको छन् । नेपाल सरकारले किसान र कृषिलाई संरक्षण गर्नुको सट्टा मलमा दिँदै आएको अनुदान कटौती गर्ने,भारतीय फलफुल तरकारीमा विषादी परीक्षण नगर्ने र नेपाली किसानको तरकारी,माछा र केराले बजार नपाउने,चिया,अलैची र अदुवा निर्वाध भारत निर्यात गर्न नपाइनेजस्ता नीतिमाथि प्रश्न उठाएका छन् ।

‘पूँजीवादी भनिने देशहरूले पनि कृषिलाई संरक्षण गरेको देखिन्छ।नेपाल सरकारले मलमा दिने अनुदान कटौती गर्ने,भारतीय फलफुल तरकारीमा विषादी परीक्षण नगर्ने र नेपाली किसानको तरकारी,माछा र केराले बजार नपाउने,चिया,अलैची र अदुवा निर्वाध भारत निर्यात गर्न नपाइने के नीति हो ? सरकार जनताको होइन ?’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्