काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उप–राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत नदिने भएको छ । राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा गठबन्धनका उम्मेदवार यादवलाई मत नदिने भएको हो ।
रास्वपाका एक नेताका अनुसार राष्ट्रपति पुरुष भइसकेपछि उपराष्ट्रपति महिला हुनुपर्छ भन्ने पार्टीको मान्यता भएको कारण पुरुष उम्मेदवारलाई मत नदिने निर्णय भएको हो । रास्वपाले उपराष्ट्रपतिका महिला उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्यलाई मत दिनसक्ने संभावना बढेको छ ।