Logo

उपराष्ट्रपतिका उम्मेदवार अष्टलक्ष्मी शाक्य र ममता झा मतदानमा सहभागी हुन नपाउने

काठमाडौं । बानेश्वरस्थित संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि उपराष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ। दिउँसो ३ बजेसम्म जारी रहने मतदानमा तीन जना उम्मेदवार छन् । तर उपराष्ट्रपतिका दुई उम्मेदवारले भने आफूले आफैलाई मत हाल्न नपाउने भएका छन्।

एमालेबाट उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट उम्मेदवार बनेकी ममता झाले आफूलाई मतदान दिन नपाउने भएका हुन् । उनीहरु दुबैजना संघीय र प्रदेश सांसद नभएकोले मतदानमा सहभागी हुन नपाउने भएका हुन्।

मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले मतदान गर्न पाउनेछन्। उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसकेका छन्। उपराष्ट्रपतिको निर्वाचनमा एमालेकी उम्मेदवार शाक्य र जसपाका उम्मेदवार यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्