Logo

लोकगायक लम्सालको आज अन्तेष्टि गरिदै



३ चैत काठमाण्डौ । गत फागुन २३ गते निधन भएका बरिष्ठ लोकदोहारी गाएक राजेन्द्रप्रसाद लम्सालको आज पशुपति आर्यघाटमा अन्तेष्टि गरिने भएको छ । स्पेनमा रहेको उनको शव आज मध्हान्न नेपाल ल्याईएको हो । शब बुझ्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर लगाएतको टोली पुगेको थियो । उनको शब अहिले केहिबेरसम्म श्रदान्जलिको लागि लोकतथा दोहारी गित प्रतिष्ठानमा राखिने र आजै विधुतिय शवदाह बाट अन्तेष्टि गरिने उनका भान्जा समेत रहेका प्रतिष्ठानका महासचिव शिब हमालले बताएका छन ।
लोकगितको क्षेत्रमा लम्साल निक्कै पुराना र चर्चित नाम हो । उनका डोरिका तिन फुदाँ, जापान टोकियो,वालिङ फिरिरी, राईनासकोटको भिर , रातो पछ्यौरी लगाएतका गित निक्कै रुचाईएका गित हुन ।
उनि नेपालका चर्चित हास्यकलाकार तथा मोडल सागर लम्साल ( बले) का बुबा समेत हुन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot