Logo

आजको मौसमः पाहाडमा हावाहुरी र तराईमा चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं, चैत ४ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहानैदेखि पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। भने देशभरको मौसम आ‌शिक देखि सामान्य बदली भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहको छ । कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot