Logo

सरकारमा सहभागी हुने कांग्रेसकाे निर्णय



काठमाडौं, काठमाडौं, चैत ५ । नेपाली कांग्रेसले सरकारमा जाने निर्णय गरेको छ । आईतबार संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको जनाए। उनले प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि सरकार विस्तार हुने बताए ।

‘संविधानको रक्षा, संवद्र्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित कांग्रेस सरकारमा जाने निर्णय भएको छ, आज बस्ने संसद बैठकबाट कांग्रेस प्रतिपक्षबाट सत्तापक्षमा रहने छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot