Logo

प्रधानमन्त्री थ्री नेसन्स कप – नेपालले आज लाओसको सामना गर्ने



चैत, ८ काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले आज लाओसको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ ।
खेलाडी विदेश पलायनबीच नयाँ खेलाडीहरू समावेश गर्दै नेपालका नव नियुक्त प्रशिक्षक भिन्सेन्जो अल्वर्टौ एनेसले २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका छन् ।

तयारीका लागि छोटो समय पाएको नेपाली टिमको लक्ष्य घरेलु मैदानमा उपाधि जित्ने रहेको छ । सन् २०१६ मा भएको एएफसी सोलिडारिटी कपमा नेपालले लाओसलाई टाइब्रेकरमा हराएको थियो । त्यसयता फेरी नेपालले आज ६ वर्षपछि लाओससँग सुखद नतिजाको अपेक्षासहित प्रतिस्पर्धा गर्दैछ ।
थ्री नेसन्स कप सिंगल राउन्ड रोबिन पद्धतिमा हुने भएकाले शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । विजेता टिमले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार डलर पाउनेछन् ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले चैत्र १४ गते भुटानसँग खेल्नेछ । त्यसअघि, चैत्र ११ गते भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल चैत्र १७ गते हुनेछ



प्रतिक्रिया दिनुहोस्

Screenshot