Logo

सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुस् : प्रधानमन्त्री दाहाल



काठमाडौं, ९ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुपर्ने बताएका छन्।

बिहीबार सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरुसँग छलफल गर्दै प्रधानमन्त्री दाहालले सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘अवैध आयात नियन्त्रण गर्न राजश्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्नुस्। कच्चा पदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा कम्तिमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरावलोकन गर्ने तयारी गर्नुस्। सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुस्।’

यस्तै, प्रधानमन्त्री दाहालले राजश्व छलि नियन्त्रणसम्बन्धि भएका नीतिगत व्यवस्थालाई प्रभावकारीरूपमा कार्यान्वयनमा लैजानुपर्ने उल्लेख गरेका छन्। ‘बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्तरूपमा अनुगमन गर्नुहोस्,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्

Screenshot