Logo

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच वालुवाटरमा ‘वान टू वान’ वार्ता



काठमाडौं, चैत १० । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (समाजवादी केन्द्र)का अध्यक्ष माधव कुमार नेपालबीच वान टू वा भेटवार्ता भईरहेको छ । बालुवाटारमा जारी भेटवार्तामा मन्त्रीपरिषद् विस्तार, मन्त्रालय भागबन्डा लगायत एजेन्डामा छलफल भईरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विहिबार मात्रै सरकार विस्तारको विषयमा छलफल गर्न सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियोे ।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल लगायतका शिर्ष नेताहरु सम्मेलित बिहीबार साँझ ५ बजेपछिको बैठकले छिटो सरकार विस्तार गर्ने विषयमा केन्द्रित रहेर छलफल गरेको थियो

प्रधानमन्त्रीले ६ चैतमा दोस्रो पटक विश्वासको मत पाएपछि सरकारमा सहभागी हुने दलको संख्या धेरै भएपछि भागबण्डा मिलाउन दलहरूलाई सकस परेको छ । बाँकी मन्त्रालयभन्दा दाबेदार दल र दलभित्र मन्त्रीका आकांक्षी धेरै भएपछि सरकार विस्तारमा ढिलाइ भएको हो ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot