Logo

प्रहरी महानिरीक्षक सिंह आज रातिबाट अवकासमा जाँदै, नयाँ महानिरीक्षक चयन गर्न मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं, चैत १० । प्रहरी महानिरीक्षक धिरजप्रताव सिंह आज मध्यरातबाट अवकासमा जाने भएपछि नयाँ महानिरीक्षक नियुक्तिको निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

माहानिरीक्षक सिंह ३० वर्षे सेवा अवधिकाकारण आज १२ राती बजे रातिबाट अवकास हुन लागेपछि सरकार नयाँ महानिरीक्षक नियुक्तिमा लागेको हो । यसअघि बिहीबार नियमित बस्नुपर्ने बैठकलाई आज दिउँसो ४ बजेका लागि सारिएको थियो। सिंहको अवकाशसँगै नेपाल प्रहरीको ३० औं आईजीपी बन्न पाँच जना एआईजीहरुबीच तिव्र प्रतिस्पर्धा देखिएको छ ।

गत चैत ६ गते एआईजीमा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार रहेका छन् । आईजीपी हुने प्रतिस्पर्धामा कुँवर मेरिट लिस्टको एक नम्बरमा रहेका छन् ।

आइजीपी धीरजप्रताप सिंह अवकाश हुँदा उनीसँगै तीन जना एआइजी पनि अनिवार्य अवकासमा जाँदै छन् । सिंहकै ब्याची एआइजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी आज रातीबाट अवकाशमा जान लागेका हुन् । हाल बढुवा भएका एआइजीमध्ये एक जना महानिरीक्षकमा पदोन्नति भएपछि शुक्रबार रातिपछि चार एआइजीको पद पुनःरिक्त हुँदैछ।

नेपाल प्रहरीमा आईजीपीको अवकाश तीन कारणले हुन्छ । ३० वर्षे सेवाअवधि, आईजीपीको चारवर्षे कार्यअवधि र ५८ वर्षे सेवाअवधि । योमध्ये पहिला जुन आउँछ, त्यही व्यवस्थाअनुसार आईजीपी अनिवार्य अवकाशमा जाने व्यवस्था छ ।

प्रहरी महानिरीक्षक सिंह भने ३० वर्षे सेवाअवधिका कारण अवकाशमा जान लागेका हुन् । उनी गत १८ वैशाखमा मात्रै प्रहरी महानिरीक्षक बनेका थिए । अहिले गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री दाहालले नै सम्हालेको अवस्था छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot