Logo

वसन्त कुँवरलाई आईजिपी नियुक्त गरेपछि प्रफुल्ल देखिएका प्रचण्डले भने–‘मैले स्वविवेक प्रयोग गरेको हुँ, कसैको दबाब थिएन’



काठमाडौं, १० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले स्वविवेक प्रयोग गरेर नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री दाहालले आफूले कार्यक्षमताको मूल्यांकन गरेर नै काविल प्रहरी अधिकृत कुँवरलाई प्रहरीको नेतृत्व सुम्पिएको प्रतिक्रिया दिएका छन् ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले भने–‘मैले आफ्नो विवेक प्रयोग गरेर निर्णय लिएको हुँ । कसैको केही दबाब थिएन ।’ कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई फोन गरेको भएपनि कुनै दबाब नदिएको उनको स्पष्टोक्ति थियो ।

प्रधानमन्त्री दाहालले आफू अब मन्त्रिपरिषद्लाई पूर्णा दिन लागिपरेको पनि सुनाए । सत्ता गठबन्धनमा रहेका दलहरुसँग आन्तरिक छलफलमा रहेकोले आज/भोलिभित्रै निर्णयमा पुग्ने उनको भनाई छ ।

यस्तै, यसअघि आइजीपी नियुक्त हुने बित्तिकै कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको प्रतिक्रिया दिएका थिए। उनले विगतदेखि संगठनले लिएका प्राथमिकतालाई नै आफूले निरन्तरता दिने र संगठनभित्र आन्तरिक शुद्धीकरण गर्नु मुख्य प्राथमिकता हुने बताएका थिए।

तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय 



प्रतिक्रिया दिनुहोस्

Screenshot