Logo

लुम्बिनी सरकारबाट बाहिरियो माओवादी



दाङ, चैत १३ । लुम्बिनी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आइतबार माओवादीबाट सरकारमा सहभागी तीन जना मन्त्रीले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले जानकारी दिए ।

लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी तीन जना सहभागी थिए । केन्द्रमा भएको समीकरणअनुसार राजीनामा बुझाएर गृहजिल्ला रोल्पा फर्किएको महराले बताए ।

एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी थिए । माओवादी सरकारबाट बाहिरिएसगै मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

पद रिक्त नहुदै मुख्यमन्त्रीको दाबी पेस
यसैबीच, नेपाली कांग्रेसले मुख्यमन्त्रीमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको छ । संवैधानिक बाटोलाई कुल्चिएर पद रिक्त नहुदै कांग्रेसले आइतबार प्रदेश प्रमुखसमक्ष मुख्मन्त्रीमा दाबी पेस गरेको हो ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा, लोसपासहित आठ पार्टी र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् । गिरीलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट पनि बाहिरिएको भन्दै कांग्रेसले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीसमक्ष दाबी पेस गरेको हो ।

चौधरीले मुख्यमन्त्री नियुक्तिको मागसहितको हस्ताक्षर बोकेर प्रमुख प्रमुखसमक्ष पुगेका थिए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot