Logo

सर्वोच्चले दरपीठ गरेको ‘जनयुद्ध दिवस विदा’ को रिटविरुद्ध निवेदन



काठमाडौं, १४ चैत्र । सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिनेबारे गरेको निर्णय विरुद्ध परेको रिटलाई सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । उक्त रिट दरपीठ भएसँगै अधिवक्ता ज्ञानेन्द्र आरनले आज (मंगलबार) सर्वोच्चमा निवेदन दिएका छन् ।

रिपोर्टर्स क्लव नेपालमा द्वन्द्वपीडित तथा मानव अधिकारवादी समुदायद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्वोच्च प्रशासनले दरपीठविरुद्ध आफूहरुले सर्वोच्चमा निवेदन दिएको बताएका हुन् ।

पीडामा रहेका द्वन्द्वपीडितको आँसु नओभाउँदै माओवादीले जनयुद्ध दिवसमा विदा दिएको उनले आरोप लगाए । जनता मारेर गरेको युद्ध कहिले पनि जनयुद्ध हुननसक्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot