Logo

आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु, ५ दिनसम्म काठमाडौंका यी क्षेत्रमा हुनेछ सवारी अवागमन प्रभावित



काठमाडौं, चैत १५ । काठमाडौंमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदै छ । सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले आज पहिलो दिन दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथ तानेर असन पुर्‍याइने जनाएको छ ।

समितिका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आजै राति असनमा मच्छिन्द्रनाथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ । ३२ हात लामो रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै मच्छिन्द्रवहालमा ल्याएर जात्रा सम्पन्न गरिन्छ ।
सेतो मच्छिन्द्रनाथको रथजात्राको कारण काठमाडौको भित्री सडकमा आज बुधबारदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुने भएको छ।

काठमाडौं महानगरपालिकाले एक सुचना जारी गरी आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुनसक्ने जनाएको छ।रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधनहरूलाई प्रवेशमा निषेध गरिएको महानगरले जनाएको छ।

यस्तो छ सेतो मछिन्द्रनाथ (जनबाहा द्यो) रथयात्राको रूट

२०७९ चैत्र १५ गते साँझ ४ः०० बजे – मछिन्द्र बहाल देखि तीनधारा पाठ साल सम्म खतयात्रा

चैत्र १५ गते साँझ ५ देखि ६ः३० सम्म – जमल,रत्नपार्क,भोटाहिटी हुँदै असन

चैत्र १६ गते साँझ ५ देखि ६ः३० सम्म – असन,बालकुमारी,इन्द्रचोक,मखन हुँदै हनुमानढोका

चैत्र १७ गते साँझ ४ देखि ६ः३० सम्म – हनुमानढोका,मरु,चिकमुगल,जैसेदेगल हुँदै लगन

चैत्र १८ गते साँझ ५ः३० देखि ६ः३० सम्म – आमाको रुख घुम्ने

चैत्र १९ गते साँझ ५ः३० देखि ७ः३० सम्म – लगन,ज्यबहाल द्यो,यूतुननि,कोहिटी,भीमसेनस्थान,मारु,प्याफल हुँदै जनबहाल

 



प्रतिक्रिया दिनुहोस्