Logo

केपी ओलीको ढाडस- टेलिभिजनहरु युट्युब र टिकटकसँग डराउनु पर्दैन



काठमाडौं चैत १५ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजनहरु फेसबुक र युट्यु्बसँग डराउन नपर्ने बताएका छन । एमालेले संचालन गरिरहेको मिसन ग्रासरुट अन्तर्गत आज लुम्बिनीमा एक टेलिभिजनको वार्षिक उत्सवको उद्धघाटन गर्दै ओलीले टेलिभिजनकै सूचना र समाचार सामग्रीहरु युट्युब र टिकटकमा आउने गरेको बताए ।

उनले भने ‘टेलिभिजनहरु युट्युब, टिकटक,फेसबुक आदिसँग तर्सिएको देख्छु’, ओलीले भने, ‘उनीहरुले टेलिभिजनकै समाचार सामग्री प्रयोग गरेका हुन्छन्,तिनीहरु व्यक्तिगत ढंगले चलेका हुन् टेलिभिजनहरु टिमवर्कमा चलेका हुन्छन्, सामुहिकतामा आधुनिक प्रविधि प्रयोग गर्दै इमान्दार भएर काम गरे व्यक्तिले चलाउने युट्युब, टिकटक र फेसबुकसँग डराउन हुँदैन ।’

विश्वमै टेलिभिजनको इतिहास धेरै पुरानो नभई १०२ वर्षको मात्रै रहेको र नेपालमा १९८५ देखि श्यामश्वेत टेलिभिजन प्रशारण शुरु भएको उल्लेख गर्दै ओलीले बदलिंदो समयअनुसार नयाँ प्रविधिको प्रयोग गरे सञ्चार माध्यमको प्रभावकारिता बढ्ने सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot