Logo

भारतीय बजारमा ठूलो परिणाममा नेपाली रुपैयाँ भित्रिएको भन्दै सांसद श्रेष्ठले गराईन् संसद्को ध्यानाकार्षण



काठमाडौं, १५ चैत्र । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संघीय सांसद रञ्जिता श्रेष्ठले नेपाली रुपैयाँ भारतीय बजारमा भित्रिएको भन्दै संसद्को ध्यानाकार्षण गराएकी छन् ।

आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै सांसद श्रेष्ठले एक दुई खर्ब नेपाली रुपैयाँ बाँके, बर्दिया, कैलाली कञ्चनपुरको सीमानापारी बजारतिर रहेको बताएकी हुन् ।

‘एक दुई खर्ब नेपाली रुपैयाँ त बाँके, बर्दिया, कैलाली कञ्चनपुरको सीमानापारी बजारतिर मात्रै छ रे ठट्टा नगरौं । नेपाल पारीको बजारमा भारु भन्दा बढी नेरु चलेको नपाल राष्ट्र बैंकका गभर्नरलाई थाहा छ की छैन ?’– उनले प्रश्न गरिन् ।

अहिले देशको अर्थतन्त्र डामाडोल भएको अवस्थामा देशमा सक्षम अर्थमन्त्रीको खाँचो रहेको उनले बताएकी छन् । आजभोलि बैंकमा भन्दा धेरै घरहरुमा पैसा थन्किएको उनको आरोप छ ,

‘अर्थतन्त्र डामाडोल छ । सक्षम अर्थमन्त्रीको खाँचो छ । कुन्नी के कारणले हो आजभोलि बैंकमा भन्दा घरमा पैसा धेरै छन् रे,’– उनले भनिन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot