Logo

नेकपा एसको प्रमुख सचेतकमा मेटमणि चौधरी नियुक्त



काठमाडौं २० चैत । नेकपा एकीकृत समाजवादीको संसदीय दलको प्रमुख सचेतकमा मेटमणि चौधरी नियुक्त भएका छन् ।

उनलाई अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले प्रमुख सचेतक नियुक्त गरेको चौधरीको सचिवालयले जनाएको छ ।

चौधरी प्रतिनिधिसभा निर्वाचन २०७९ मा दाङ १ बाट नेकपा एमालेकी सचेतक शान्ता चौधरीलाई हराँउदै निर्वाचित भएका थिए ।
नेकपा एस बाट निर्वाचित चौधरी लुम्बिनी प्रदेशमा पार्टीका एक्ला सांसद समेत हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot