Logo

दीपक र राजपुराले जिते ‘लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता’को उपाधि



काठमाडौं,२३ चैत । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको हाफ म्याराथनमा पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले जितेका छन् ।

अधिकारीले २१ किलोमिटरको दुरी १ घन्टा ६ मिनेट २ सेकेन्डमा पुरा गरेका थिए । उनले १ लाख ५० हजार रुपैयाँ नगद पाए ।

एपीएफका गोपीचन्द्र पार्की १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो भए । त्रिभुवन आर्मीका मुकेश पाल तेस्रो र त्रिभुवन आर्मीकै नरेन्द्र रावल चौथो भए ।

यस्तै महिलातर्फ नेपाल प्रहरीकी राजपुरा पछाई पहिलो भइन् । उनले १ घन्टा २४ मिनेट २ सेकेन्डमा पूरा गरेर पहिलो भइन् । उनले १ लाख ५१ हजार रुपैयाँ नगद पाइन् ।

एपीएफकी विन्द्रा धान्के दोस्रो, नेपाल प्रहरीकी रेखा विष्ट तेस्रो र त्रिभुवन आर्मीकी पूर्णलक्ष्मी चौथो भए । महिला र पुरुष दुवै विधामा दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार र चौथोले ३० हजार नगद पुरस्कार पाए ।

२ हजार ५ सय खेलाडीले भाग लिएको म्याराथन दौडको उदघाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot