Logo

माओवादी केन्द्र : संसदीय दलको विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल



काठमाडौं, २८ चैत्र । नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

सिंहदरबारमा रहेको माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यदलको संयोजकमा प्रमुख सचेतक हितराज पाण्ड रहेका छन्।

यस्तै, पूर्ण घर्ती, विमला सुवेदी,जगप्रसाद शर्मा र गंगा बेलवासे कार्यदलका सदस्य रहेको छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot