Logo

असार २५ र मंसिर १९ मा प्रचण्डलाई खड्गाे छ: ज्याेतिषी रिजाल



काठमाडाैं, वैशाख १ । चर्चित ज्याेतिषी सुरेशचन्द्र रिजालले नयाँ वर्ष २०८० नेपाल र नेपालीका लागि शुभ रहने बताएका छन् । ‘यस वर्षकाे पञ्चाङ्गकाे पहिलाे पृष्ठमा बुध ग्रह राजा र शुक्र ग्रह मन्त्रीकाे भूमिकामा छन् । यी दुइटै शुभ ग्रह हुन् । पिंगला नामकाे संवत्सर पनि सुरु भएकाले धेरै शुभ वा धेरै अशुभ हुने पनि देखिँदैन,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।

ज्याेतिषी रिजालले मंगल र बुध ग्रहकाे राशि परिवर्तन हुने भएकाले मुलकमा राजनीतिक फेरबदलकाे प्रयास हुने पनि औल्याए। उनले थपे, ‘अबका केही महिना मुलुकका लागि आर्थिक रूपमा कठिन हुने परिस्थिति छ । असार २५ र मंसिर १९ मा राजनीतिक परिवर्तनका प्रयास हुन सक्छन् । प्रधानमन्तरी प्रचण्डलाई केही खड्गाे छन् । उहाँले सावधानी अपनाउनु उचित हुन्छ ।’ रिजालले कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा आेलीकाे ग्रहदशा सुदृढ रहेकाे पनि बताए ।

उनले भने, ‘राजनीतिक परिवर्तन भएकाे खण्डमा उहाँहरूले सरकारकाे नेतृत्व गर्ने सम्भावना रहन्छ ।’ तर उनले नयाँ दलहरूका लागि नयाँ वर्ष त्यति सुखद नरहने बताए । अबका साढे दुई वर्ष रवि लामिछाने प्रतिपक्षमा बस्दा नै उचित हुने पनि उनले आैंल्याए ।



प्रतिक्रिया दिनुहोस्