Logo

सिके राउतको कुरा गर्दा उपेन्द्र यादव फायर, नेपाल टुक्राउन लाग्नेसँग सहकार्य नगर्ने टिप्पणी (भिडिओसहित)



काठमाडौं, वैशाख १ । जनता समाजवादी पार्टी ९जसपा० क।अध्यक्ष एवं पूर्व उपप्रधामन्त्री उपेन्द्र यादवले बारा २ को उपनिर्वाचनमा आफ्नो कोही प्रतिस्पर्धी नभएको दाबी गरेका छन् । ‘बाराका जनता एकदमै उत्साही छन् । जनता नै चुनावमा लागेका छन् । जनताले आफैंलाई जिताउँछन् । मलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाले खुलेर सहयोग गरेका छन् । मेरो प्रतिस्पर्धी कोही पनि छैन’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भने ।

बारा २ मा गठबन्धनका उम्मेदवार यादवले जनमत पार्टीका अध्यक्ष सीके राउत नसुध्रिएको टिप्पणी पनि गरे । उनले भने, ‘उनी को हुन्रु कहाँबाट लागेका हुन्रु उनलाई कसले चलाएका हुन् ? उनी कसका लागि काम गर्छन् ? अरूको इशारामा मुलुक टुक्राउन लाग्ने, सार्वभौम सत्ता र अखण्डतामाथि चुनौती दिने व्यक्तिसँग केको तालमेल, केको कुराकानी ? उनी सुध्रिन्छन् कि भनेर गठबन्धनमा ल्याएको हो, तर त्यस्तो लक्षण देखिएन ।

यादवले जनमत पार्टी गठबन्धनमा नरहेको पनि बताए । उनले भने,‘जनमत पार्टी गठबन्धनमा छैन् । सरकारलाई समर्थन भन्ने कुरा बेग्लै हो । पाँचैवटा दलको मलाई समर्थन । हामी साथमै छौं ।’ उनले अहिलेको गठबन्धन भनेको पाँच दलीय गठबन्धन भएको जिकिर गरे । उनले आफूले चुनावमो लोसपाको ठूलो साथ र सहयोग पाईरहेको जिकिर गरे ।

उनले आफूसँग चुनावी प्रतिष्पर्धामा भएकाहरुको बारेमा नकारात्मक टिप्पणी नगर्ने जिकिर गरे । उनले आफ्नो कुनै दलसँग पनि प्रतिष्पर्धामा नरहेको जिकिर गरे । उनले सिके राउतसँग प्रतिष्पर्धा नरहेको भन्दै जनमत कहाँ छ ? भन्दै उल्टै प्रश्न गरे । राउतले गफ र उदण्ड बोल्ने गरेको बताए ।

उनले राउतले समाज फुटाउन खोजेको आरोप लगाए । बारा नेपालको ऐतिहासिक जिल्ला भएको उनको भनाई छ । उनले काठमाडौंको सभ्यता बसाल्ने काम नै बाराका वासीले गरेको स्मरण गराए । उनले आफू र राउतबीच एक हुने सम्भावना नै नरहेको जिकिर गरे । उनले आफूलाई राष्ट्रवादी शक्तिको रुपमा चित्रण गरे भने राउतलाई देश विखण्डन गर्ने शक्तिको संज्ञा दिए ।



प्रतिक्रिया दिनुहोस्