काठमाडौं, वैशाख ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल हुने भएको छ ।
संबैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउनेबारे अहिले विहान ९ बजे उनीहरुबीच बालकोटमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
बालकोट पुगेर एमाले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने शिर्ष नेताहरुको तयारी रहेको छ ।
विगत केही दिनदेखि संबैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताबीच छलफल भइरहेको छ ।