काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकले घरको तीन तला माथिबाट हाम फालेका छन् । गयराती बास बसेको चितवनको भरतपुरस्थित एक तिन तले घरको तेस्रो तलाबाट तल खसेको अवस्थामा लामिछानेका सवारी चालक फेला परेका छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा आज बिहान सडकमा खसेको अवस्थामा भेटिएका हुन् । उनी रास्वपाका महामन्त्री मुकुल ढकालका चालकसँगै राति छतमा सुतेका थिए ।
प्रहरीका अनुसार टाउको र खुट्टामा गम्भिर चोट लागेका थापको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको चितवन जिल्ला प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।