काठमाडौं, वैशाख ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सिंहदरबारमा संवैधानिक परिषद्को बैठक बसेको छ । बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नसक्ने बताइएको छ ।
बैठकमा प्रधानमन्त्रीसहित सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी भएका छन् ।
बैठक आह्वानका लागि सोमबार बिहान प्रधानमन्त्री प्रचण्डसहित कांग्रेसका सभापति देउवा, एमाले अध्यक्ष ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको थियो । सोही बैठकमा संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीशको विषयमा निर्णय गरेर अगाडि बढ्ने सहमति भएको थियो ।
फोटो : प्रदीपराज वन्त/रासस