Logo

बैतडीमा पाठ्यपुस्तक वितरण सुरु



काठमाडौं,७ वैशाख । बैतडी जिल्लाभरका विद्यार्थीलाई आवश्यकपर्ने सबै पाठ्यपुस्तक आइपुगेका छन् । जिल्लामा ६८ हजार पाठ्यपुस्तक आवश्यकपर्नेमा सबै पुस्तक आइपुगेको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए ।

“कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि ८६ हजार पाठ्यपुस्तक आवश्यक रहेको र सबै आइपुगेको छ , उनले भने “ आइपुगेका पाठ्यपुस्तकको ढुवानी कार्य जारी रहेको र विद्यार्थीलाई वितरण गर्न तयारी पनि थालिएको छ ।”

जिल्लाभर हाल भर्ना अभियान सञ्चालन रहेको छ । वैशाख १५ गतेसम्म भर्ना अभियान सञ्चालन हुने सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताए । उनले भने, “भर्ना अभियान पछि पाठ्यपुस्तक वितरण गरिने छ ।”

नयाँ विद्यार्थी भर्नाका लागि घरदैलो अभियान जारी रहेको र भर्ना अभियानपछि आयोजित कार्यक्रममा पाठ्यपुस्तक वितरण गरिने सुन्दरखालीस्थित दशरथचन्द माविका प्रधानाध्यापक तेजप्रकाश भट्टले बताए । जिल्लामा पाँच सय ६२ विद्यालय छन् रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot