काठमाडौं, वैशाख ९ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदैछन्। माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे विश्वासको मत लिन लागेका हुन्।
माओवादीले विश्वासको मत फिर्ता लिइसकेकाले ६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्री अधिकारीलाई एमालेका २२ र राप्रपाका २ सदस्यको मात्र विश्वासको मत रहेकाले उनले विश्वासको मत नपाउने निश्चितजस्तै देखिन्छ।
नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सहयोगमा अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। केन्द्रमा एमाले र माओवादीको गठबन्धन भत्किएपछि गण्डकीमा पनि माओवादीले चैत १० गते समर्थन फिर्ता लिएको थियो। अल्पमतमा परेपछि मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने कि नलिने भन्नेमा द्विविधामा थिए।
माओवादीको समर्थन बिना मुख्यमन्त्रीले विश्वासको मत नपाउने निश्चितजस्तै छ।