Logo

उपनिर्वाचन अपडेटः कहाँ कति खस्यो मत ?



काठमाडौं, १० चैत्र । प्रतिनिधि सभा सदस्य चयनका लागि आज देशभरका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन भइरहेको छ । निर्वाचन आयोगले बताए अनुुसार चितवन–२ मा करिब ५० प्रतिशत मतदान भइसकेको छ ।

चितवन– २ को दुई वटा मतदान केन्द्रमा विवाद भएर मतदान रोकिएको थियो । अहिले विवाद समाधानपछि उक्त क्षेत्रमा पनि मतदान सुचारु भइरहेको छ । चितवनमा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका छन् ।

बारा– २ मा ४० प्रतिशत मत खसेको छ । अहिले बारा–२ का सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण मतदान भइरहेको छ ।तनहुँमा अहिलेसम्म ३५ प्रतिशत मत खसेको छ । तनहुँ–१ का सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण मतदान भइरहेको छ । तनहुँ– १ मा एक लाख २३ हजार तीन सय पाँच जना मतदाता रहेका छन् ।
तीनवटै निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम मत तनहुँ–१ मा खसेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्