Logo

ओलीलक्षित माधवको अभिव्यक्तिः ‘प्रतिगामी शक्ति अझैं सलबलाइरहेको छ’



काठमाडौं, १५ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रतिगामी शक्ति अझै सलबलाइरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) हेटौँडामा एकीकृत समाजवादी मकवानपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले प्रतिगमनकारी शक्तिका विरुद्ध लोकतन्त्रवादी शक्ति एक हुनुपर्ने बताएका हुन् ।

उनले प्रतिगमनकारी शक्तिविरुद्ध लोकतन्त्रवादीहरु एक हुन नसके सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती थपिँदै जाने बताए । ‘वास्तवमा अहिले पनि हाम्रो सामू लोकतन्त्रको रक्षा गर्ने चुनौति विद्यामान छ,’– अध्यक्ष नेपालले भने ।

साथै, उनले एकीकृत समाजवादीको मूल उद्देश्य र सङ्कल्प जनताको सेवा रहेको बताए । अध्यक्ष नेपालले राजनीतिमा लुटेराहरूलाई स्थान दिन नहुने बताए ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले कम्युनिष्ट सिद्धान्त र संविधानलाई लत्याउने कार्य विगतदेखि नै हुँदै आएको बताए । राजनीति सेवामुखी हुनुपर्ने र राजनीति गर्नेहरुको व्यवहार ठिक हुनुपर्ने उनको भनाइ छ । उनले एमाले अध्यक्ष ओलीतर्फ लक्षित गर्दै नेताले अहङ्कार छाड्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot