Logo

तनहुँ-१ मा १० हजार २५९ मतसहित स्वर्णिमको अग्रता कायमै



काठमाडौं,११ वैशाख । हिजो उपनिर्वाचन भएको तनहुँ १ को मतपरिणाम सार्वजनिक हुने क्रम जारी रहेको छ ।
विहान १० बजेको ताजा अपडेट अनुसार तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा . स्वर्णिम वाग्लेले आफ्नो मतान्तर बढाउदै लगेका छन् ।

सोमबार बिहान १० बजेसम्मको परिणामअनुसार त्यहाँ वाग्लेले १० हजार २५९ मत ल्याइसकेका छन्।

आइतवार राति गणना भएदेखि अग्रता बनाएका वाग्लेले नेपाली कांग्रेसका गोविन्द भट्टराईसँगको मतान्तर बढाएर ५२५६ पुर्‍याएका छन्।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३ मत प्राप्त गरेका छन्। अहिले गोविन्दलाई स्वर्णिमले ५२ हजार ५६ मतले पछि पारेका छन्।
त्यस्तै, तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७ सय ५९ मत ल्याएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार अहिलेसम्म त्यहाँ १३ वटा वडाको १८ हजार ६६१ मतगणना भइसकेको छ । 



प्रतिक्रिया दिनुहोस्