Logo

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा



काठमाडौं,११ वैशाख । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी सम्वन्धिको मुद्दाको अन्तिम सुनुवाइको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासमा परेको छ ।

यसअघि जाहेरवालाका कानून व्यवसायीले दुईजना सरकारी साक्षीको बकपत्र बाँकी रहेको भन्दै आदेश माग गरेपछि फैसला सुनुवाइ धकेलिएको थियो । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो ।

सन्दीप हाल एसीसी प्रिमियर कप खेलिरहेका छन् । नेपालले प्रतियोगिताअन्तर्गत सोमबार मुलपानी क्रिकेट मैदानमा साउदी अरबविरुद्ध खेल्दैछ ।



प्रतिक्रिया दिनुहोस्