Logo

सन्दीपको मुद्दाको अर्को सुनुवाइ कहिले ?



काठमाडौं, ११ वैशाख । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको सुनुवाई स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको उनको मुद्दाको सुनुवाइ समय अभावका कारणले स्थगित भएको सन्दीपका अधिवक्त सरोजकृष्ण घिमिरेले बताए । सन्दीपविरुद्धको मुद्दाका अर्को सुनुवाई आगामी वैशाख २४ गतेलाई तोकिएको छ ।

‘समयको अभावले गर्दा हेर्न नभ्याइने भयो । सरकारी वकिल र जाहेरवालाहरुको केही अधिवक्ताहरुको वहस भयो । जाहेरवालाहरुले लामो वहस भएकाले आजको सुनुवाइ भ्याइएन । समय नभएको भएर आजको वसह वहस भएन । रेकर्डमा पनि रहेन । अर्को पेशी २४ गतेलाई छ,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै घिमिरेले भने ।

सन्दीपविरुद्ध नाबालिका बलात्कार अरोपको मुद्दा रहेको छ । उनी धरौटीमा रिहा भएका हुन् । उच्च अदालत पाटनले उनलाई २० लाख रुपैयाँ धरौटीमा तारेखमा रिहा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्