Logo

आजको मौसम : पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना



काठमाडौं, वैशाख १३ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। आज पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको छ।

आज राति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot