Logo

युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू चलेनन्ः डा. शेखर कोइराला



मोरङ, वैशाख १३ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हालै भएको प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामले नेपाली कांग्रेसलाई सच्चिन सन्देश दिएको धारणा व्यक्त गरेका छन् ।

विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले मतदाताले पुराना पार्टीलाई भोट नदिएर नयाँ पार्टीलाई दिनुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको सन्देश दिएको बताए। उनले विगतको र अहिलेको उपनिर्वाचनको समिक्षा हुनुपर्ने बताउँदै नेपाली कांग्रेसले युवाको भावनाअनुसार काम नगरे ठूलो मुल्य चुकाउने पर्ने विचार व्यक्त गरे ।

नेता कोइरालाले जनताले दिएको म्याण्डेट स्वीकारेर अघि बढ्नुको विकल्प नभएको बताउँदै मुलुकको अर्थतन्त्र अत्यन्तै जटिल अवस्थामा पुगेकाले यसलाई सुधार गर्न सरकारले ध्यान दिनुपर्ने बर्ताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot