Logo

कुवेतविरुद्ध नेपालको सय रन पुरा



काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले मध्यम प्रदर्शन गर्दै एक सय रन पुरा गएको छ ।

नेपालले १६ ओभरमा तीन विकेट गुमाउँदै सय रन पुरा गरेको हो ।

नेपालका निक्कै आशालाग्दा ब्याट्सम्यान भीम सार्की एक रनमै आउट भए भने कुशल भुर्तेल ४३ र आरिफ शेख ३१ रन बनाएर आउट भएका थिए ।

ताजा अवस्थामा नेपाल १६ ओभरमा ३ विकेटको क्षतिमा १०१ रन बनाएर खेलिरहेको छ ।

नेपालको क्रिजमा अहिले कप्तान रोहितकुमार पौडेल र कुशल मल्ल रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot