Logo

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको चुनावी खर्च २४ लाख १८ हजार



काठमाडौं,१७ वैशाख । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन् ।

मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं -५ बाट उम्मेद्वार बनेका पोखरेलले चुनावमा २४ लाख १८ हजार ८०६ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेस गरेका छन् ।

पोखरेलका निर्वाचन प्रतिनिधि रहेका ध्रुब प्रसाद थपलियाले बुझाएको विबरण अनुसार पोखरेलको सबैभन्दा बढि खर्च प्रचारप्रसार सामग्रीमा भएको देखिएको छ ।  जसमा ८ लाख ५० हजार खर्च उल्लेख गरेका छन् । त्यस्तै कार्यालय स्थापना र संञ्चालनमा ८ लाख २६ हजार खर्च गरेका पोखरेलले गोष्ठी अन्तरक्रियामा २ लाख ९० हजार,छापा र विद्युतिय माध्यममा २ लाख ४८ हजार, चुनावी सभामा १ लाख ६ हजार,सवारी साधनमा ४६ हजार र अन्य खर्चमा ३० हजार खर्च भएको विवरण निर्वाचन आयोगमा पेस गरेका छन् ।

पोखरेल प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं -५ बाट उम्मेद्वार बनेर नेपाली कांग्रेसका उम्मेद्वार प्रदीप पौडेलसँग पराजित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot