Logo

परराष्ट्रमन्त्री बनेपछि पहिलो पटक गृह प्रदेशमा साउद, मुख्यमन्त्री शाहले गरे स्वागत



काठमाडौं, १७ बैशाख । परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि नारायण प्रकाश(एनपी) साउद पहिलो पटक गृह प्रदेश सुदूरपश्चिम पुगेका छन्।

परराष्ट्रमन्त्री साउद काठमाडौंबाट हवाईमार्गहुँदै शनिबार गृहप्रदेश टेकेपनि उनी आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर पुगेका थिए। आइतबार कञ्चनपुरबाट धनगढी पुग्नासाथ मन्त्री साउदलाई सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले स्वागत गरेका छन्।

मुख्यमन्त्री कार्यालय पुगेका पराष्ट्रमन्त्री साउदलाई मुख्यमन्त्री शाह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश देउवाले स्वागत गर्नुका साथै बधाई र सफल कार्यकालकोसमेत शुभकामना दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

स्वागत तथा बधाई दिँदै मुख्यमन्त्री शाहले सुदूरपश्चिमको समग्र विकासका लागि सुदूरपश्चिमको प्रतिनिधत्व गर्दै केन्द्रमा रहेका नेताहरुले पहल गर्नुपर्ने बताएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot