Logo

संयुक्त कर्मचारी ट्रेड युनियनको आन्दोलन आक्रामक, भोलि सिंहदरबार ठप्प पार्ने



काठमाडौं, २० बैशाख । संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारी संयुक्त ट्रेड युनियन आन्दोलित छ ।

उनीहरुले सरोकारवाला निकायमा यसअघि नै ज्ञापनपत्र बुझाईसकेका छन् ।

आज उनीहरुले विभागीय मन्त्री, सचिवदेखि प्रधानमन्त्री पुष्पकमल दाहालसम्मलाई दवावमूलक एसएमएस प्रवाह गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले आन्दोलनकै क्रममा भोलि (बिहीबार) सिंहदरबार ठप्प बनाउने जानकारी दिए । file photo

संयुक्त ट्रेड युनियन सञ्जालले सरकारलाई दियो बैशाख १८ गतेसम्मको समय, बैशाख २१ गते सिंहदरबार ठप्प पार्ने चेतावनी (भिडिओसहित)



प्रतिक्रिया दिनुहोस्

Screenshot