Logo

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्छ



काठमाडौं, २१ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्ने माग गरेका छन् । भुटानी शरणार्थी प्रकरणमा आफ्नै पार्टीका ठूला नेताहरु संलग्न भएकोबारे वारेन्ट पेपर जारी भैरहेको बेलामा नेता थापाको यस्तो टिप्पणी आएको हो ।

उनले नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानूनी काममा संलग्न व्यक्तिहरुमाथि पनि जाहेरी सँगसँगै पक्राउ गरी अनुसन्धान र कडा कारबाही चलाउनुपर्ने माग गरेका छन् । उनले लेखेका छन्–

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्छ। साथै, नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरी सँगसँगै पक्राउ, अनुसन्धान र कडा कारबाही चलाउनुपर्छ। नेपाली भइकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित कदापि होइनन्। तिनको रकम जफत गर्नुपर्छ । अनि तिनलाई पक्राउ गरी पुर्पक्षका लागि जेल हालेर मात्रै अनुसन्धानको जारी कारबाही अघि बढाउनु पर्छ। खासमा व्यक्ति कसैको मुख नहेरी भन्नैपर्छ- गैरकानुनी काम गर्ने, गराउने र संलग्न हुने सबै अपराधीहरू हुन्। यसमा निर्दोष कसैलाई फसाउनु हुँदैन र कोही पनि अपराधीले उन्मुक्ति पाउनु हुँदैन।



प्रतिक्रिया दिनुहोस्

Screenshot