Logo

कांग्रेस सुधार्ने हो भने सभापति देउवाको घर घेर्न जानुस् : नेता शाही



काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसका निकट तरुण दलका पूर्वमहामन्त्री भूपेन्द्रजंग शाहीले नेपाली कांग्रेसलाई सुधार्ने हो भने सभापति शेरबहादुर देउवाको घर घेर्न जानुपर्ने बताएका छन्।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता शाहीले कांग्रेस सुधार्ने हो भने सभापति शेरबहादुर देउवाको घर घेर्न जानुपर्ने बताएका हुन्।

उनले भने, ‘कांग्रेस सुधार गर्ने हो भने अब पार्टी सभापतिको घर घेर्न जानुस्, हामी पनि जान्छौं। नत्र सुधार भनेको यही हो? मन्त्रिपरिषद्‌मा कस्ता मान्छे सिफारिस भए? नयाँलाई पठाउन सकिँदैन? शेखरनिकट भनिएकाहरूलाई फालेका मन्त्रालय दिएर पठाइएको छ। प्रदेशहरूमा एउटा टीमको मात्र मन्त्री बनाइएको छ। यही हो सुधार भनेको?’



प्रतिक्रिया दिनुहोस्

Screenshot