Logo

कांग्रेसले २८ र २९ गते भातृ संगठनका पदाधिकारीको टुङ्गो लगाउने



काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसले बैशाख २८ र २९ गते केन्द्रीय कार्य समिति बैठक डाकेको छ।

शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले बैशाख २८ र २९ गते केन्द्रीय कार्य समिति बैठक बोलाउने निर्णय गरेको हो।

सो बैठकले भातृ संगठनका बाँकी पदाधिकारीहरुको टुङ्गो लगाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

प्रवक्ता महतले विभागहरुको गठनपनि सोही बैठकबाट हुने जानकारी दिएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot